पानी माग्न घर छिरेका तीन व्यक्तिले एक महिलालाई यस्तो गरे

काठमाडौं । पाल्पामा पानी माग्ने निउमा तीन जना अपरिचित व्यक्तिले एक महिलामाथि हात हालेर लुटेका छन् । रामपुर नगरपालिका–८ ढकालचौपारीका ६९ वर्षीया मोहन कुमारी श्रेष्ठको घरमा सोमबार राती उक्त घटना घटेको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सोमबार मध्यराति तीन जना अपरिचित व्यक्ति पानी खान भन्दै घरभित्र छिरेर घरबाट तीन लाख रूपैँया र करिब ९ लाख ५ हजार बराबरको सुनका गरगहना लिई भागेको प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिएका हुन् । उनीहरु अझैँ पनि फरार रहेका छन् । उनीहरूले ती महिलामाथि हातसमेत हालेको प्रहरी नायब उपरीक्षक गिरीले बताए। हाल ती महिलाको अवस्था सामान्य छ भने घटनाको विषयमा थप अनुसन्धान भैरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *