दुई दिनदेखि हराइरहेका दाजुभाई खोलाको बाँधमा मृत फेला

काठमाण्डौ । दुई दिनदेखि बेपत्ता रहेका दाजुभाइ बुधबार साँझ मृतावस्थामा फेला परेका छन् । मृत्यु हुनेमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका २१ वर्षीय भाइ सङ्गम पौडेल रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सोमबार बिहानदेखि हराएका उनीहरुको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए । एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो । मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मल्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *