काठमाण्डको गेष्ट हाउसमा यस्तो अवस्थामा मृत भेटिइन एक युवती

काठमाण्डौ । काठमाडौंको एउट गेष्ट हाउसमा एक युवती मृत अवस्थामा  फेला परेकी छन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिकको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसको २०४ नम्बर कोठामा बुधबार ती युवती मृत फेला परेकी हुन्।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मृतक ललितपुरकी २५ वर्षीया अनु थापा मगर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। मृतक युवती मंगलबार राति सो होटलमा आएर बसेको महानगरीय प्रहरी वृत्त, बानेश्वरका डिएसपी दक्ष बस्नेतले बताएका छन्। बिहान ढिलासम्म मृतक कोठाबाट नझरेपछि स्टाफ हेर्न जाँदा उनलाई मृत अवस्थामा भेटेको डिएसपी बस्नेतले भने। उनको मृत्युको कारण भने अझै पुष्टि भइसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *