कति पुग्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् विदेशी मुद्राको विनिमयदर :

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साउन ९ गते शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय१९ रुपैयाँ ९२ पैसा रहेको छ । यस्तै, पाउण्ड एकको खरिददर १ सय ५१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ५४ पैसा रहेको छ भने युरो भने एकको खरिददर १ सय ३८ रुपैयाँ २७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
साथै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ भने कतारी रियाल भने एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ पैसा रहेको छ । यता युएई दिरामको चाहिं एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।