ट्रम्पले गरे चुनाब जितेको दाबी, भने -‘मैले चुनाव जितिसकेँ’

काठमाडौँ । मतगणना जारी रहेका समयमा नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चुनाब जितिसकेको दाबी गरेका छन्। उनले चुनावको अन्तिम नतिजा नआउँदै ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गर्दै आफूहरु ठूलो जितको क्रममा रहेको बताएका हुन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

साथै उनले हाल मतगणा भइरहेका राज्यमा डेमोक्र्याटले धाँधली गरेको आरोप पनि लगाएका छन्। यद्धपी अहिलेसम्म ट्रम्पले दाबी गरेजस्तो धाँधलीको कुनै प्रमाण भने आएको छैन । ट्रंपले पेनसिलभेनिया, विस्कनसिन, जर्जा, एरिजोना, नेभाडा, नर्थ क्यारोलाइना, मिसिगनसहितका राज्यमा पनि आफूले जितेको दाबी गरेका छन् । साथै बाइडेन अघि रहेका एरिजोना र नेभाडामा मतगणना जारी रहनु पर्ने ट्रम्पले बताएका छन्।  उनले आफू पराजित भएमा सर्वोच्च अदालत जाने चेतावनी समेत दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *