पहिरोमा परि ५ जनाको मृत्यु, २ जना घाइते

काठमाण्डौ । नवलपुरको  बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा परि पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत रहेका बुलिङटार–४ का पाँच जना मजदुरहरुको मृत्यु भएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुंगेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेका छन्। हिजो साँझ सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला माथिबाट खसेको पहिरोमा मजदुरहरु पुरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले बताए ।

साथै सोहि पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएका छन् भने उनीहरु दुवै जनाको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *