कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

काठमाण्डौ । कोरोना महामारीका कारण रोकिएका परिक्षाहरु हुने भएसँगै अब विधार्थीहरुले आफु भएकै स्थानबाट परिक्षा दिन सकिने गरि तयारि गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । स्थगित भएको परिक्षा आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मन्त्री पोखरेलले विद्यार्थीलाई इन्टरनेटमा समस्या भएमा सम्बन्धित विद्यालयले डाटामार्फत सुविधा दिएर बोर्डमा लेखेर परीक्षा दिलाउन निर्देश दिएको उनको सचिवालयका सदस्य विनोद न्यौपानेले बताएका छन् । मन्त्रालयका सचिव गोपीनाथ मैनाली, बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गाप्रसाद अर्याल र मन्त्रालयका सहसचिव दीपक शर्मा सहभागी भएको उक्त छलफलमा बोर्डले विभिन्न विकल्पसहित अनलाइनबाट पनि परीक्षा लिन सक्ने गरी नेपाल सरकारलाई सिफारिश गरेको थियो।

साथैकोरोना सङ्क्रमित भएका परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गर्ने बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *