परिक्षासम्बन्धी त्रिविको यस्तो महत्वपूर्ण निर्णय

काठमाण्डौ । लकडाउन का कारण रोकिएका परिक्षाहरु तिहारपछि सुचारु हुने भनीएसँगै अब त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था समेत गरेको छ । यहि मंगसिर दोस्रो हप्ताबाट सुरु हुने परिक्षा विद्यार्थीहरुले अब आफु भएकै स्थानमा रहेको त्रिविद्वारा तोकिएको परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कोभिड–१९ को कारणले विद्यार्थीलाई परिक्षा दिन सहज बनाउनका लागि आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको त्रिविको रजिष्ट्रार डा पेशल दाहालले बताएका छन् । यसका लागि विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर  आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन् । त्रिविले यही मङ्सिर  स्थगित भएका सबै तहको परीक्षा गर्ने तयारी गरेको छ। यसका साथै प्रवेशपत्र पनि अनलाइनबाट आफैँ विद्यार्थीले प्रिन्ट गरेर लिनेसक्ने व्यवस्था गरिएको दहालले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *