विराटनगरमा थप दुइ कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धा महिला र झापाको दमक–३ का ६४ वर्षीय पुरुष रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

दुवैको बुधबार बिहान उपचारको क्रमम मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताएका छन् । दमको पुरानै समस्या रहेकी इलामकी वृद्धा श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार भर्ना भएकी थिइन् भने सोही दिन उनलाई कोरोना पुष्टि भएको थियो । त्यस्तै झापाका ६४ वर्षीय पुरुषलाई पनि श्वास फेर्न गाह्रो भएपछि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना हुनअघि नै कोरोना पुष्टि भएका उनलाई पनि दमको रोग रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *