कोरोना संक्रमितमा देखिन थाल्यो यस्तो अनौठो लक्षण

काठमाडौ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका नयाँ लक्षणहरु हामि सामु आइरहेका छन् । अब हात र औंलाहरूमा अनौंठा रातो र बैजनी दागहरू देखा पर्ने र सुन्निने समस्या पनि कोरोनाको लक्षणमा परे३को छ । अत्यधिक चिसो ठाउँमा बस्ने मानिसहरूले हात र खुट्टाहरूमा देख्ने यी छालाहरू अब कोरोनाको महामारी पछि गर्मी क्षेत्रमा बस्दै आएका व्यक्तिहरुले पनि देखिरहेका छन् । कोभिड–१९ लक्षणका बिरामीहरूले पनि यसको विषयमा गुनासो गरिरहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कोभिड–१९ लक्षण अध्ययनका अनुसन्धानकर्ताहरूको टोलीले १२,००० मानिसहरूमा गरेको एक सर्वेक्षणमा त्यस्ता समस्या भएकाहरुमा कोरोना संक्रमण देखा परेको देखिएको छ । यद्धपि हालसम्म डाबर, दाना, खटिरालाई कोभिड–१९ रोगको लक्षणमा समावेश भने गरिएको छैन । कोरोनाका यी नयाँ लक्षणहरू विशेषगरी बच्चा तथा युवाहरूमा देखा पर्दछन् । कोभिड–१९ ले संक्रमित बिरामीको शरीरका थुप्रै भागहरूमा प्रभाव पार्ने अन्वेषकहरूको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *