फेरियो परीक्षाको मापदण्ड

काठमाण्डौ । अबदेखि कक्षा ११ मा थोरैमा पनि ७० प्रतिशत हाजिर नपुगेका विद्यार्थी विद्यालयले लिने अन्तिम परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।  राष्ट्रिय परीक्षा बोर्डले स्वीकृत गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मुल्यांकन तथा नतिजा प्रकाशन एवं प्रमाणीकरण कार्यविधिले यस किसिमको नया नियम निकालेको हो ।

साथै यस वर्षदेखि कक्षा ११ को अन्तिम परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको अधिकार समेत सरकारले सम्बन्धित विद्यालयलाई नै दिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

विधार्थीको परीक्षा सञ्चालन गर्न तथा परीक्षाको नतिजा प्रकाशन गर्न सहज होस् भन्दै राष्ट्रिय परीक्षा बोर्डले यस किसिमको कार्यविधि तयार पारेको हो भने उक्त कार्यविधि अनुसार परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन तथा नतिजा चित्त नबुझेको अवस्थामा विद्यार्थीले पुनर्योग समेत गर्न पाउनेछन् ।  साथै पुनर्योग गर्दा अपनाउनुपर्ने प्रक्रिया समेत उक्त कार्यविधिमा व्याख्या गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *