गुल्मीका कोरोना संक्रमितको बुटवलमा मृत्यु

काठमाण्डौ । गुल्मीका एकजना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ । मृयु हुनेमा गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नंं. ६ का ८५ वर्षीय पुरुष रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यहि कार्तिक १३ गते कोरोना पुष्टि भएका उनको उपचारको क्रममा कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो । संक्रमण पुष्टि भएसँगै अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका उनको मंगलबार साँझ साढे ७ मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताएका छन् । मृतक पुरुष उच्च रक्तचापका दीर्घरोगी समेत थिए । यससँगै गुल्मीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *