लामो र बाक्लो कपालका लागि प्रयोग गर्नुहोस् यी उपाय, सोचेजस्तो बन्नेछ तपाईको कपाल

काठमाण्डौ । कपाल लामो तथा राम्रो बनाउन जसलाई पनि मन पर्छ। कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा युवा तथा युवतीहरु भौतारिइरहेका हुन्छन् तर हामीले आफ्नै घरमा रहेका सामाग्रीको प्रयोग गरि आफैले कपाल लामो र बाक्लो सुन्दर बनाउँन सक्छौँ  ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि निकै नै उपयोगी हुन्छ। यसमा सल्फरले कपालको जरालाई पोषण दिन्छ भने यसमा रहेको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ। कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । उक्त हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ भने कपाल झर्ने समस्या पनि कम हुन्छ ।

प्याजको रसलाई  निकालेर टाउको छालामा लगाएर तौलियाले छोपेर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् र त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् । प्याजको रसलाई नरिवलको तेलका साथ मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । यसबले टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ र कपाल बढ्छ ।

प्याजको पेष्टलाई महासंग पनि प्रयोग गर्न सकिन्छ । प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् र कपाल कम भएको भागमा लगाउनुहोस् ।कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यसका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् र यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *