घरमा काम गर्न राखिएकी महिलामाथि यतिसम्मको हर्कत गर्ने व्यक्ति १ वर्षपछि पक्राउ

काठमाडौं । उपचार सहयोगीको बहानामा भारत लगेर वृद्धामाथि अनैतिक काम गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको बेँसिशहर घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ बस्ने चन्द्रबहादुर अधिकारी रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

श्रीमतीको उपचारका लागि भारत लैजानुपर्ने भएका कारण उनको हेरचाहका लागि भन्दै लगेर वृद्धामाथि गलत काम गरेको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ । ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीका अनुसार यसअघि उनले वृद्धालाईघरेलु कामदारका रुपमा राख्दै आएका थिए ।

यो घटना गत पुस महिनाको भएपनि त्यसयता फरार रहेका अधिकारीलाई ब्युरोले खोजी अभियानका क्रममा उनलाई चितवनको तोरीखेत भन्ने स्थानमा लुकिछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरी काठमाडौँ ल्याएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *