धरानमाकोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । धरानमा थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान–९ बस्ने ६१ वर्षीया महिला रहेकी छिन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यहि कार्तिक ५ गते कोरोना पुष्टि भएकी उनी होम आइसोलेसनमै बसेकी थिइन् भने मंगलबार मात्रै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा मंगलबार दिउँसो ४ः४५ बजे मृत्यु भएको अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *