मुम्बईलाई १० विकेटले हराउँदै हैदराबाद प्ले अफमा प्रवेश

काठमाडौं । यूएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटअन्तर्गत गए राती भएको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्सलाई हराउँदै सनराइजर्स हैदराबाद प्ले अफमा प्रवेश गरेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

हैदराबादले मुम्बईलाई १० विकेटले हराएको हो । पहिलो ब्याटिङ गरेको मुम्बईले हैदराबाद सामु १ सय ५० रनको लक्ष्य दिएको थियो भने जवाफमा हैदराबादले १७ ओभर १ बलमा बिना विकेट गुमाएर उक्त लक्ष्य पुरा गरेको थियो । हैदराबाद तेस्रो स्थान बनाउँदै प्ले अफमा पुगेसँगै आईपीएलको प्ले अफ समीकरण समेत पुरा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *