कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाण्डौ । कपिलवस्तु प्रहरीले कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी कपिलवस्तु नगरपालिका ६ तिलौरा  निवासी ४१ बर्षीय धर्मेन्द्र केवट रहेका छन् भने उनीसँगै अन्य ६ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

केवटलाई जिल्ला अदालत कविलवस्तुले २०७६ साल माघ २१ गते गरेको फैसालाअनुसार पक्राउ गरिएको प्रहरी प्रबक्ता डिएसपी नवराज अधिकारीले जानकारी दिएका छन् । उनीहरुलाई मंगलबार पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *