यसरी गर्नुहोस् आज पुजा, प्रशन्न हुनेछन् श्रीगणेश

काठमाण्डौ । आज मंगलबार, यानी श्री गणेशको दिन। आजको दिनमा गणेश भगवानलाई पुज्ने गरिन्छ । महादेव तथा माता पार्वतीका पुत्र गणेशको आराधना नगरी कुनै कार्य गर्दा पनि सफल हुँदैन भन्ने मान्यता रहेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

भगवान गणेशको पूजा विधिलाई शास्त्रमा १६ भागमा उल्लेख गरिएको छ जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन् । यो पूजाविधि गर्बका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ। ॐ गं गणपतये नम: यस मन्त्रको उच्चारण गर्दै गणेश भगवानको मुर्तिमा जल चढाएर, फुल, वस्त्र अर्पण गर्दै पन्चामृत पनि अर्पण गर्नुहोस् । शुद्ध मनले जाप गर्नुहोस् अनि धुपबत्ती बाल्नुहोस ।यस दिन चोखो खानुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *