उपत्यकामा यति धेरै कोरोना संक्रमित थपिए

काठमाडौं । दिनहुँ रुपमा संक्रमित थपिने क्रममा आज देशभरमा कुल ३ हजार ९ सय ९ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्य काठमाडौं उपत्यकामा मात्र थप १ हजार ८ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नयाँ संक्रमितमध्य काठमाण्डौमा १ हजार ५ सय ७० जना, ललितपुरमा १ सय ८९ जना र भक्तपुरमा १ सय १९ जना रहेका छन् । यससँगै काठमाण्डौमा संक्रमितको कुल संख्या ६५ हजार ७ सय ८६ पुगेको छ जसमध्य ४१ हजार २ सय ७ पुरुष र २४ हजार ५ सय ७९ महिला रहेका छन् । त्यस्तै भक्तपुरमा ३ हजार ३ सय ७३ पुरुष र २ हजार ५ सय ६७ महिला गरि ५ हजार ९ सय ४० र ललितपुरमा ५ हजार १ सय ६४ पुरुष र ४ हजार ७४ महिला गरि कुल ९ हजार २ सय ३८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *