नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १००० नाघ्यो, यति थपिए संक्रमित

काठमाण्डौ । नेपालमा गएको २४ घन्टामा मात्र थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ भने मृतकको संख्या १ हजार ४ पुगेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४२ जना कोरोना मुक्त भएका छन् । यससँगै अहिलेसम्म कुल १ लाख ४१ हजार १ सय ३४ जना निको भइसकेको छन् भने अझै पनि ३७ हजार ४ सय ७६ संक्रमित आइसोलेसनमा रहेका छन् । हालसम्म कुल १४ लाख ८० हजार ९  सय ७८ जनाको पिसिआर परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *