सांसद सूर्यबहादुर केसीको निधन

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । उनको ६३ वर्षको उमेरमा सोमबार राति पोखराको मुस्ताङचोकस्थित घरमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिष्ठित उद्योगी समेत रहेका उनलाई मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको थियो । पोखराको पूर्वप्रधानपञ्च पनि रहेका उनले पहिलो संविधानसभाको निर्वाचनमा राप्रपाबाटै समानुपातिक सांसद बनेका थिए भने प्रतिनिधिसभा निर्वाचनको मुखैमा उनी कांग्रेस प्रवेश गरेका थिए । सांसद केसीको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दु:ख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *