आफ्नी श्रीमतीको ज्यान लिने पूर्वडिआइजीलाई लिन जेल गएकी यी महिला…

काठमाण्डौ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जेल परेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रन्जन कोइराला जेलमुक्त भएका छन् । उनी ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर जेलमुक्त भएका हुन् । श्रीमतीको ज्यान लिएको अभियोगमा सुरुमा जन्मकैदको सजाय पाएका थिए भने सर्वाच्च अदालतले असार १५ गते उनको सजाय घटाउँदै ८ वर्ष ६ महिना गरेको थियो । उनी मुक्त भएसँगै अहिले सामाजिक सञ्जालभरि नै नेपालको न्याय प्रणालिको निकै आलोचना भइरहेको छ ।

८ वर्ष भन्दा लामो समय कारागार बसेका कोइराला हिजो हात हल्लाउँदै डिल्लीबजार कारागारबाट बाहिरिएका थिए भने उनको स्वागत गर्न पुग्ने मानिसहरुको लर्को पनि खुबी देखिएको थियो । त्यस भिडमा मध्य एक महिला पनि थिइन्, जो अहिले सामाजिक सञ्जालमा निकै चर्चित भएकी छिन् । ति महिला अरु कोही नभई अभियुक्त कोइरालाकी प्रेमिका तारा रेग्मी हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनी पनि आफ्नो प्रेमीलाई लिन कारागार पुगेकी थिइन् । कोइरालाले श्रीमती गीता ढकालको ज्यान लिएको मुद्दामा जन्मकैदको सजाय पाएका थिए भने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने फैसला गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *