अष्ट्रियाको राजधानी भियनामा आतंकबादी आक्रमण

काठमाडौं । अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण भएको छ भने हमलामा परि कम्तीमा एकजनाको मृत्यु भएको बताइएको छ ।

स्थानीय समय अनुसार सोमबार राति ८ बजेतिर मध्य भियनाका विभिन्न ६ वटा स्थानमा राइफलसहितका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन् भने कम्तीमा एकजनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

साथै सुरक्षाकर्मीको गोली लागेर एकजना बन्दुकधारीको पनि ज्यान गएको छ भने १५ जना घाइते भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *