कैलालीमा जिप दुर्घटना : एकजनाको मृत्यु, १४ जना घाइते

काठमाण्डौ । कैलालीको मोहन्यालमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा मोहन्याल गाउँपालिका-२ का ६० वर्षीय कविराज भण्डारी रहेका छन भने घाइतेमध्य एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आइतबार  कैलालीको घोडाघोडीस्थित डोके बजारबाट पण्डौनतर्फ जाँदै गरेको सुप प्र ०१००१ च २६२३ नम्बरको जिप महोन्याल गाउँपालिका वडा नम्बर ४ को बास पानीमा दुर्घटनामा परेको हो । एकाएक जिपको ब्रेक फेल भएर करिब २ सय मिटर तल खसेको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *