पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–१७ का ६० वर्षीय पुरुष रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा उपचारको क्रममा आइतबार बिहान ११ः५५ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए । निमोनिया, मधुमेह लगायतका बिरामी रहेका उनलाई यहि कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालको आईसीयू कक्षमा राखेर उपचार थालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *