२३ मृत्युसहित एकैदिन थपिए यति संक्रमित

काठमाण्डौ । नेपालमा गएको २४ घन्टामा मात्र थप २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जनाको मृत्यु भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ भने मृतकको संख्या ९ सय ६० पुगेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा ३ हजार ६ सय २० जना कोरोना मुक्त भएका छन् । यससँगै अहिलेसम्म कुल १ लाख ३४ हजार ८ सय ४२ जना निको भइसकेको छन् भने अझै पनि ३७ हजार ७ सय ६५ संक्रमित आइसोलेसनमा रहेका छन् । हालसम्म कुल १४ लाख ५६ हजार ३ सय ६६ जनाको पिसिआर परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *