बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा टिकापुर नगरपालिका वडा नं. १ कैलालीका ६० वर्षीय पुरुष रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको शनिबार राती बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो । यहि कार्तिक १४ गते प्रि–आइसोलेसन वार्डमा भर्ना भएका उनलाई १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै कोभिड वार्डमा सारेर उपचार थालिएको उनको शनिबार राति १ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *