गण्डकीमा थप तीन कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । गण्डकी प्रदेशमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका दुइजना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजनाको मृत्यु भएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

होम आइसोलेसनमा मृत्यु हुनेमा नवलपुरको कावासोती–६ का ६७ वर्षीय पुरुष र सोहि जिल्ला गैडाकोट–२ का ७७ वर्षीया महिला रहेका छन् । यसैगरी पोखरा महानगरपालिका–९ का ६२ वर्षीया महिलाको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *