वेष्ट ह्याम युनाइटेड पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले पराजित गरेको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

खेलमा भ्रमण टोली वेष्ट ह्यामले १० औँ मिनेटमा पाब्लो फोर्नाल्सको गोलबाट अग्रता लिएको भएपनि जितको लागि खेलको ४२ औँ मिनेटमा पाएको पेनाल्टीमा मोहमद सालहले र ८५ औँ मिनेटमा डिओगो जोटाले गोल गरी लिभरपुललाई जित दिलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *