यी खाने कुरा खाएर बढाउनुहोस रोग प्रतिरोधात्मक क्षमता

काठमाण्डौ । इम्यूनिटी बढाउनका लागी मानिसको शरिरमा सिट्रस फ्रुट्सले निकै ठुलो भूमिका निर्वाह गर्छ। अंगुर, सुन्तला, निमुबा, कागती, सरिफा लगायतका फलहरु सिट्रस फ्रूट्समा पर्दछन् । अदुवामा आइरन, क्याल्सियम, क्लोरिन भिटामिन प्रशस्त मात्रामा रहने हुनाले यसले  ए न्टीभाइरलको काम गर्छ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसले पाचन प्रक्रियालाई बलियो बनाउनाका साथै प्रतिरोधात्मक क्षमताको पनि वृद्धि गर्छ । दैनिक ३/४ पटक अदुवाको सेवन गरेमा यसले इम्यून सिस्टम राम्रो बनाउँछ । भिटामिन ई ले शरीरमा कुनै पनि रोगको संक्रमण हुन दिदैंन । ओख्खर, बदाम, एभोकादो, सूर्यमुखी फुलको बिउ तथा पालुगाें र ब्रोकाउली पनि भिटामिन ई को स्रोत हुन् ।

 शरीरका लागि भिटामिन सि एक आवश्यक भिटामिन हो । यो भिटामिन  एण्टी-अक्सिडेन्टल  हुन्छ जसले शरीरको तापमानलाई सञ्चालन गरि राख्न सहयोग गर्दछ । भिटामिन बी ६ को सेवनले  शरीरमा इम्यून सिस्टम तन्दुरुस्त राख्न मद्दत गर्दछ। भिटामिन बी६ मा भेटिने कैयौं प्रकारका बायोकेमिकल रियाक्सनले इम्यूनिटीको विकास गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *