छोरालाई अनलाइन कक्षा पढाउने स्मार्ट फोन किन्न गरिब बाबुले बेचे दुहुनो गाई

काठमाण्डौ । अहिले कोरोना महामारी फैलिएसँगै विधार्थीको पढाइमा निकै प्रभाव परेको छ बहने यस प्रभावलाई न्यूनीकरण गर्न अहिले अनलाइन कक्षाको व्यवस्था गरिएको छ । तर अनलाइन कक्षा लिन सबैलाई त्यति सजिलो भने छैन । अनलाइन अध्ययन गर्नका लागी स्मार्टफोन अथवा ल्यापटपको आवश्यक पर्छ जुन सबैले व्यवस्था गर्न सक्दैनन् । यस्तै एक गरिब र विवस बाबुले आफ्नो बच्चालाई अनलाइन पढाउन निकै ठूलो सकस भोग्नु पर्यो । स्मार्टफोनको जोहो गर्न ऋण माग्दा नपाएपछि उनले आफ्नो भएको दुहुनो गाई नै बेच्नु पर्यो । त्यस परिवारको लागी आयको एकमात्र स्रोत रहेको उक्त गाई आफ्नो बच्चाको पढाइको लागी उनले बेचेका हुन् ।

गाई जम्मा १० हजार रुपैयाँमा मात्र बिक्री भयो र अब उनको बच्चाहरूले अनलाइन कक्षा पनि लिन सक्दछन् । तर अब त्यो परिवार कसरी बाँच्दछ भनेर थाहा छैन । द ट्रिब्यून वेबसाइटको समाचार अनुसार हिमाचल प्रदेशको पामपुर जिल्लाको ज्वालामुखीको गुम्मर गाउँमा  बस्ने कुलदीप कुमार बस्छन् भने उनका बच्चाहरू अन्नु र दीपु कक्षा ३ र कक्षा २ मा अध्ययन गर्छन्। विधालयले अनलाइन कक्षा सुरु गरे लगत्तै कुलदीपमाथि स्मार्टफोन खरीद गर्न दबाब आउं थाल्यो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनले एक महिनासम्म मान्छेहरुबाट १० हजार रुपैयाँ ऋण माग्दै रहे तर उनले कतैबाट सहायता पाएनन् ।  स्कूलका शिक्षकहरूले भने बच्चाहरूको पढाइ जारी राख्नका लागी स्मार्टफोन खरीद गरिदिन भन्न थाले । कुलदीपाले भने,’ त्यस समयमा मसँग एक हजार रुपैयाँ पनि थिएन। म १० हजार रुपैयाँको फोन कहाँ बाट ल्याउने ? यो मेरो लागि निकै चुनौतिपूर्ण काम थियो। ‘ तर अन्ततः उनले आफ्नो भएको दुहुनो गाई बेचेर बच्चाहरुको पढाईमा बाधा आउन नदिन स्मार्टफोन किनिदिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *