महाकाली नदीमा एक युवकको शव फेला

काठमाण्डौ । आज बिहान कञ्चनपुरको महाकाली नदीमा एकजना युवकको शव भेटिएको छ । प्रहरीका अनुसार भीमदत्त नगरपालिका–६ का २३ वर्षीय सरोज चौधरीको शव भेटिएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

चौधरी गत मङ्गलबार साथीहरुसँग दोधारा चाँदनी झोलुङ्गे पुल घुम्न गएको समयमा नुहाउने क्रममा बेपत्ता भएका थिए भने उक्त पुलको करिब दुई सय मिटर दक्षिण चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए। आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शवलाई आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *