सेनेगलमा डुंगा डुब्दा १४० को मृत्यु

काठमाण्डौ । गत साता अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा एक डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार रहेका कम्तीमा १ सय ४० जना आप्रवासीको मृत्यु भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

डुंगामा सबार अन्य ५९ यात्रुलाई भने जीवितै उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम)ले जनाएको छ । शनिबार सेनेगलको माबुर भन्ने शहरबाट करिब २०० जना व्यक्ति उक्त डुङ्गामा चढेका थिए भने स्पेनको केनेरी द्वीपका लागि प्रस्थान गरेको बुझिएको उक्त डुंगा सेनेगलको उत्तरपश्चिम तटीय इलाका नजिक आइपुगेलगत्तै आगो लागेर डुबेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *