कारको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

काठमाण्डौ । चितवनमा कारको ठक्करबाट शुक्रबार एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया बुद्धिमाया दराई रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताए ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १२ च ३१७७ नम्बरको कारले चितवन जिल्लाको खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारले ठक्कर दिंदा उनको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा साँझ ५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *