धापासीमा छुरा प्रहारगरि एक युवकको हत्या गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । धापासीमा एकजना युवकको छुरा प्रहारगरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिवस अधिकारी र रवि मगर रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यहि शुक्रबार तनहुँ घर भइ काठमाडौंमा टोखा नगरपालिका–५ धापासी बस्दै मजुदरी गर्दै आएका २५ वर्षीय आशिष मगरको हत्या भएको थियो । प्रहरमा घाइते भएका मगरलाई उपचारको लागि चिरायु अस्पतालमा भर्ना गरिएको थियो भने उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भैरहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेश्वर राठौरले बताएका छन् । उनका अनुसार घटनामा संलग्न अन्य दुई जना भने फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *