दाङका कोरोना संक्रमितको बाँकेमा मृत्यु

काठमाण्डौ । दाङका एकजना कोरोना संक्रमितको बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुष रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको शनिबार बिहान बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो । यहि कात्तिक ११ गते अस्पताल भर्ना उनलाई  कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उपचार थालिएको उनकोउपचारको क्रममा शनिबार बिहान ५ बजेतिर उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *