शनिदेवको नमन गर्दै हेर्नुहोस आजको यति शुभ राशिफल

काठमाडौ आज मिती २०७७ कार्तिक १५ गतेको राशिफल यस प्रकार रहेको छ :

मेष राशि : हिम्मतले काम लिँदा सफल्ता प्राप्त हुनेछ । आफूमाथि विश्वास राख्नुहोला, तपाईलाई आफ्नै प्रतिभाले फाइदा दिलाउन सक्नेछ।

वृष राशि : आफ्नो काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ भने आफ्नो बौद्धिक क्षमताको भरमा कसैलाई पनि सजिलै रिझाउन सकिने छ । गुरुजनको सहयोग जुट्नेछ। व्यवसायमूलक काममा पनि राम्रै फाइदा रहने हुँदा आर्थिक स्थिति पनि बढ्ने देखिन्छ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मिथुन राशि : मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनेछ भने दैनिकीमा केहि परिवर्तन आउन सक्छ। सतर्कता अपनाउनु पर्नेछ। हिम्मतले काम बनाउन सकिने योग रहेको हुँदा हरेस नखानुहोला ।

कर्कट राशि : सहयोगीहरूले आफुलाई घात पुर्याउने तथा विपक्षीहरु लाइ साथ् दिने देखिन्छ।आर्जित धन पनि खर्च हुन सक्ने हुँदा विचार पुर्याउनु होला । कठिन प्रयासल गर्दा लाभ मिल्न सक्ने योग रहेको छ ।

सिंह राशि : विभिन्न किसिमको सहयोग तथा उपहारहरु प्राप्त हुने योग छ। मिहिनेत गरेअनुसार आयआर्जन पनि राम्रै हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछभने चिताएका काम पुरा हुनेछ । 

कन्या राशि : पहिलेका कर्मको प्रतिफल पाइनेछ  भने नयाँ चिताएका कामहरु पनि बन्ने योग रहेको छ । प्रतिस्पर्धीहरूबाट भने सजग रहनुहोला। कामको चापबाट फुर्सद पाउने देखिन्छ भने पारिवारीक सम्बन्धमा सुधार आउनेछ।

तुला राशि : विभिन्न भौतिक साधन जुट्ने योग छ भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ र साथै सन्तानका माध्यमबाट काम बन्ने सम्भावना पनि रहेको छ।

वृश्चिक राशि : प्रेम र मित्रताको गाँठो कसिनेछ भने दाम्पत्य जीवन सुमधुर रहनेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय रहेको छ। सोचे अनुसारको काम बन्नेछ भने तार्किक क्षमताले सम्मान दिलाउनेछ।

धनु राशि : प्रतिस्पर्धीहरूलाई पछि पार्ने योग देखिन्छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ भने प्रयत्न गर्दा अप्ठ्यारा कामहरु पनि सफल हुने देखिन्छ।

मकर राशि : अनावश्यक दौडधुपमा समय बित्ने योग छ भने नजिकैका व्यक्तिबाट घात हुने सक्ने सम्भावन रहेको छ। हानी हुनबाट जोगीनका लागी आफ्नो योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ।आर्थिक कारोबारमा भने सजगता अपनाउनुपर्ने देखिन्छ।

कुम्भ राशि : पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ।समय खासै अनुकूल नरहेको हुँदा विचार पुर्याउनु होला , दाम्पत्य जीवनमा शंका उब्जने तथा असमझदारी बढ्ने सम्भावना रहेको छ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइने हुँदा होस् पुर्याउनु होला।

मीन राशि : आजको दिन बलियो रहेको हुँदा बोलीको भरमा काम सफल हुने योग रहेको छ। तपाईको  विचारको आकर्षणले गर्दा  प्रशंसकहरू बढ्नेछन् भने चाहेको काम पुरा हुने योग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *