४ जना पुरुष मृत अवस्थामा फेला….

काठमाडौ । काठमाडौं महानगरपालिका–१५ स्वयम्भू हलचोक बस्नेगोरखाबुङकोट घर भएका ४४ वर्षीय तिलकबहादुर श्रेष्ठ सोही ठाउँको नबिल बैंकको एटिएमसंगैको पेटीमा बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सोहि दिन चितवन, भरतपुर महानगरपालिका–६ देवनगरस्थित राष्ट्रिय निकुञ्ज बनभित्र अन्दाजी ५२ वर्षीय पुरुष पनि मृत अवस्थामा फेला परेका छन् ।

यस्तै गरि रुकुम पश्चिम,चौरजाहरी नगरपालिका–९ गुरताल गाउँको एक मकै बारीमा सोही ठाउँका ४५ वर्षीय हरि बहादुर मल्ल बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । मकै बारीमा टाउको र शरीर छुट्याएको अवस्थामा उनको शव फेला परेको हो । यस्तै गरि बुधबार दिउसो सिन्धुली, मरिण गाउँपालिका–३ मथौलीस्थित मरिण खोलाको बिचमा ढुङगामा एक अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  प्युठान स्वर्गद्वारी नगरपालिका–२ का ७२ वर्षीया पुरुषको पनि सोही ठाउँस्थित सार्वजनिक सिचाई गर्ने पोखरीमा डुबेर मृत्यु भएको छ । यस घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *