प्रसूति गराउने क्रममा महिलाको मृत्यु, अस्पतालको लापर्बाही भन्दै आफन्तको आक्रोश

काठमाण्डौ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सुत्केरी व्यथा लागेर अस्पताल भर्ना भएकी एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरी रहेकी छिन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

दशैंअघि दुई पटक सोही अस्पतालमा जाँच गराएकी ती महिला बुधबार बिहान ११ बजे प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन् भने उनको बुधबार साँझ मृत्यु भएको हो । मृतकका आफन्तले अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै शव बुझ्न अस्वीकार गरेका छन् । घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै मृतकका आफन्तले अस्पतालको गेट अगाडि जम्मा भएर विरोध जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *