फ्रान्सको चर्चमा अन्धाधुन्ध चुक्कु प्रहार, तीन जनाको मृत्यु

काठमाडौं । फ्रान्सको निस शहर स्थित एक चर्चमा अन्धाधुन्ध चक्कु प्रहार भएको छ । आक्रमणकारीको प्रहारबाट दुई महिला र एक पुरुष गरि तीनजनाको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

२१ वर्षीय आक्रमणकारी भने प्रहरीको गोली लागेर हाल गम्भीर अवस्थामा अस्पतालमा उपचाररत रहेका छन् भने  उनी केही दिनअघि मात्रै ट्यूनिसियाबाट आएको स्थानीय अधिकारीले बताएका छन् । आक्रमणकारीसँग इटालियन रेडक्रसको कागजात रहेको पनि बताइएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *