भारतीय नागरिकलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

काठमाण्डौ । कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी र अन्य दुइ रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

वडाध्यक्ष जोशीले वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बनाएर २०७५ साल फागुन २० गते भारतीय नागरिक अलियास अन्सारीलाई वंशजको आधारमा नागरिकता दिलाउन सिफारिस गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *