कुटपिट गरी २२ वर्षीय युवकको हत्या

काठमाण्डौ । कैलालीको जानकी गाउँपालिका ५–मा एकजना युवकको कुटपिट गरी हत्या भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिना रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको बिहीबार राति युवाहरुको आक्रमणमा परी हत्या भएको प्रहरीले जनाएको छ । कुटपिटमा गम्भीर घाइते भएका उनलाई उपचारको लागी नेपालगञ्ज लगिएको भएपनि अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए । तिमल्सिनाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *