आज मोहम्मद डे, प्रदेश २ मा सार्वजनिक विदा

काठमाडौं । आज मोहम्मद डे’, अर्थात् इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव नेपालसहित विश्वभर मनाइँदै छ ।आजको दिनमा मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन चली आएको छ ।

यद्धपि यस वर्ष भने कोरोना संक्रमणको जोखिमका कारण अन्य चाड सरह आजको दिवसमा सामूहिक भेला भएर गरिने कार्यक्रमहरु पनिप्रभावित भएका छन् । मोहम्मदको जन्मजयन्तीको अवसरमा प्रदेश २ सरकारले भने आज सार्वजनिक विदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *