बाढीपहिरोमा परि ज्यान गुमाउनेको परिवारलाई राहत दिने सरकारको घोषणा, राहत रकममा वृद्धि..

काठमाण्डौ । मनसुन सक्रिय भएसंगै पछिल्लो दिनमा देशमा निकै ठुलो विपत्ति आइलागेको छ भने धेरै जनधनको क्षति भएको छ । नेपालमा सबैभन्दा बढी क्ष* ती पहिराले पु¥याएको छ । अहिले वि* भि*न्न स्था*नमा प* हिरोले मानिसहरुलाई सताएको छ । लगातारको वर्षापछि आएको बाढीपहिरोमा परेर धेरैले ज्यान गुमाएका छन् बहने ज्यान गुमाउनेहरुको लागी सरकारले राहत घोषणा गरेको छ । सरकारले बाढीपहिरो तथा डुबानमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ । यसअघि मृतकका परिवारलाई १ लाख रुपैयाको राहत दिइन्थ्यो भने यस पाली मन्त्रिपरिषद बैठकले दिइदै आएको राहत तथा क्षतिपूर्ति सम्बन्धि प्रावधानमा वृद्धि गरेर २ लाख पुर्‍याएको हो ।

एकै घरका एकजना भन्दा बढी मानिसको मृत्यु भएको अवस्थामा भने सुरुको एकजनालाई २ लाख र त्यसपछि  प्रति मृतक बराबर १ लाख रुपैयाँ मात्रै दिइने प्रावधान रहेको छ । यस्तैगरी, बाढी पहिरो तथा डुबानका कारण घरबार विहीन भएका हरुका लागी भने अस्थायी आवास निर्माण गर्नका लागी प्रति परिवार १ लाख तथा प्रकोप पीडितलाई भने दैनिक गुजारा गर्नका लागी ५ जनाको परिवार भए १५ हजार र त्यसभन्दा माथि भए २० हजार रुपैया राहत उपलव्ध गराउने निर्णय भएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

३ वर्षअघि जारी गरिएको प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड–२०७४ अनुसार मनसुनी विपद्‌मा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रति मृतक १ लाख रुपैयाँ राहत, अस्थायी आवास बनाउन प्रति परिवार ५० हजार र विस्थापितलाई दैनिक गुजारा चलाउन तत्काल १० हजार रुपैयाँसम्म राहत दिने व्यवस्था रहेको छ भने यसपाली सरकारले यसमा वृद्धि गरेको हो। बाढीपहिरो, डुबान तथा कटानबाट घरबार गुमाएकालाई भूकम्प पीडित सरहको अनुदान दिइने निर्णय पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *