आज कोजाग्रत पूर्णिमा, यसरी गरिँदै दसैंको बिदाइ

काठमाडौं । आज कोजाग्रत पूर्णिमा, अर्थात् दसैंको अन्तिम दिन । आज दशैँको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ भने दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । यससँगै आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुनेछ र आज महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ ।

Leave a Reply

Your email address will not be published.