कृष्ण भगवानको नमन गर्दै हेर्नुहोस् आजको पुरा राशिफल

काठमाडौं आज मिति २०७७ साल कार्तिक १४ गतेको राशिफल यस प्रकार रहेको छ :

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। आँटेका काम पुग्नेछन्। माया  प्रेममा एक अर्काला बुझ्न समय लागेपनि सम्बन्ध प्रगाड हुनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला । ढाको यात्राको पनि योग रहेको छ, दिन रमाइलैसँग बित्नेछ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा नजिक भई आफ्ना भावाना साटासाट गर्न पाइने हुँदा मन प्रशन्न रहनेछ । उपाहार तथा भौतिक सम्पति प्राप्तिको योग रहेकोछ ।रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइने योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार सस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । नवीन बिचारको प्रयोग मार्फत व्यवसायलाई बढाउन सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : आज स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिने हरुका लागी समय राम्रा रहेको छ ।लाभ हुने कामको प्रारम्भ गर्ने समय रहेको छ । पढाइ लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ । मावलिबाट तपाईको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउनेछ । अनावश्यक वादविवादमा परिने समय रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने साझेदारीमा पनि फाइदा हुनेछ। बोलीको प्रभाव बढ्ने हुनाले कार्यसम्पादन गर्ने क्षमता पनि बढ्नेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : होसियारी साथ काम लिनुपर्ने समय रहेको छ । सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाइनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावस्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ ।नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने देखिन्छ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। कुटुम्बबाट आवस्यक सहयोग पाइने हुनदा मन खुसी रहनेछ । वैवाहिक जीवन सुमधुर भएर जानेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ ।विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामबाट पनि फुर्सद पाइनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सकिन्छ । अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखमय बन्ने देखिन्छ। पढाइ लेखाइमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राविधिक शिक्षामा समय खर्चिनेहरुले राम्रो प्रगति गर्न सक्नेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । कृषिबाट भने सामान्य लाभ उठाउन सकिनेछ । चाहँदा चाहँदै पनि घरायसि सुख सुविधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पति प्रयोग गर्न पाइनेछ । नवीन बिचारको प्रयोग मार्फत व्यवसायलाई बढाउन सकिनेछ । कडा मिहेनत गर्दा राम्रो फल पाउन सकिन्छ । नयाँ प्रेम प्रस्ताव आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *