बारामा प्रहरी र स्थानीयवासीबीच झडप, प्रहरीद्वारा गोली प्रहार

काठमाण्डौ । बारामा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ भने गोलि लागी एकजना स्थानीय घाइते भएका छन् । बारा जिल्लाको सुवर्ण गाउँपालिकास्थित कबही गोठबाट तस्करीको समान नियन्त्रण गरि जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा झडप भएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सोहि क्रममा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको हो भने उक्त  गोली लागेर एकजना स्थानीयवासी गम्भीर भएका छन् । साथै एकजना प्रहरी नायव निरीक्षकसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *