कुटपिट गरी एकको हत्या, ६ जना पक्राउ

काठमाण्डौ । दैलेखको नौमुले गाउँपालिका–१ राइले धनीगाउँ बस्ने ४० वर्षीय भबिन्द्र शाहीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मंगलबार बेलुका ६ जना व्यक्तिहरुले कुटपिट गरी शाहीलाई गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले उक्त घटनाको अनुसन्धान सुरु ह्गरेको थियो भने सोहि क्रममा ६ जनालाई सोहि रात नियन्त्रणमा लिइएको हो । यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *