दशैंको समयमा तास र कौडा खेलिरहेका २० जना पक्राउ

काठमाण्डौ । दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा अभियानअन्तर्गत खटिएका टोलीले जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पक्रुआ परेकामध्य इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले सात र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सुवास भट्टले बताए । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही अघि बढाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *