ट्रकको ठक्करबाट बाटो काट्दै गरेका पैदल यात्रीको मृत्यु

काठमाण्डौ । कैलालीमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । धनगढीमा निर्माणाधीन मोहना –अत्तरिया ६ लेन सडक अन्तर्गत चटकपुरमा बुधबार ना ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट १ जना पैद यात्रीको मृत्यु भएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ३ सङ्गम टोलका ६६ वर्षका वीरसिंह विष्ट रहेका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका विष्टको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिएका छन् । चालक भने फरार रहेको र उनको खोजी कार्य भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *